सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा एक युवक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । असार १०, दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा राजधानीको बौद्ध क्षेत्रबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ परेका युवकलाई आजै सार्वजनिक गर्ने बताए।

हत्या गरिएकी सन्तोषी सुब्बाको लासलाई देखेपछि स्थानीय महिला आत्तिएर त्यहीँ नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो।

 

प्रकाशित : 24 June, 2021

प्रतिक्रिया दिनुहोस्