राष्ट्रिय कविता महोत्सवको नतिजाः कविता राई प्रथम

सहयात्रा टिभी

काठमाडौं । असार १०, २०७८ राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई (देशको नक्शा) प्रथम हुनुभएको छ ।

नेपाल प्रज्ञा –प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा धादिङकी अमृता स्मृति द्धितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल(आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल(बोधिसत्वको खोप) तृतीय हुनुभयो ।

कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताउनुभयो ।

त्यस्तै प्रथम हुनेलाई रु ५० हजार,द्धितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०–३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ ।

 

 

 

 

प्रकाशित : 24 June, 2021

प्रतिक्रिया दिनुहोस्