बिहानै आयो यस्तो दुःखद् समाचार, टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौं । असार ११, काठमाडौं,गोकर्णेश्वरमा टिपरको ठक्करबाट २६ वर्षीय साइकल यात्री खुर्बु छिरिङ भोटेको मृत्यु भएको छ।
शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा भोटे गम्भीर घाइते भई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो।
उपचारकै क्रममा साढे ६ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले बताए।
रामेछाप घर भई गोकर्णेश्वरको आरूबारी बस्ने ३२ वर्षीय चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।