पठाओ फुडमा अब ३० प्रतिशतसम्म छुट

सहयात्रा टिभी

काठमाडौं । असार १३, निषेधाज्ञाको समयमा पठाओले ग्राहकलाई सस्तो खाना दिन पठाओ फुडमा छुट अफर ल्याएको छ।

विभिन्न रेस्टुरेन्टको फुड मेनुमा तीस प्रतिसतसम्म छुट र डेलिभरीमा छुट लगायतका अफर उपलब्ध रहेका छन्।

फुड अर्डर गरेको बढीमा ४५ मिनेट भित्र डेलिभरी हुनेछ । लामो समयको निषेधाज्ञाले गर्दा होटल तथा रेस्टुरेन्टको परिकारका स्वादबाट बन्चित खानाका पारखीहरुले अब आफ्नो रोजाइको रेस्टुरेन्टबाट भारी छुटमा खानेकुरा घर तथा अफिसमै मगाउन सक्छन्।

सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा दिँदै आएको छ।

 

प्रकाशित : 27 June, 2021

प्रतिक्रिया दिनुहोस्