कोरोना अपडेटः थप १९२० जनामा कोरोना संक्रमण, ३००७ जना संक्रमणमुक्त

काठमाडौं । असार १३, पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३००७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।