बाढी–पहिरोले बस्ती उच्च जोखिममा, त्रिपालको सहारामा बस्दै

बाजुरा । असार १४, अविरल वर्षाका कारण खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती उच्च जोखिममा रहेका छन् ।
जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले जनाए ।
सडकका कारणले गाउँ नै भासिन थालेपछि स्थानीयवासी त्रिपालको सहारामा बस्दै आएका छन् । पहिरोले विस्थापित भएका उनीहरु एउटै त्रिपालमा चार परिवारले रात बिताउने छन् ।
बस्ती नै विस्थापित भएपछि गाउँपालिकाले राहत र उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा आग्रह गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।