सार्वजनिक यातायात संचालन गर्ने विषयमा आज निर्णय हुँदै
सहयात्रा टिभी
काठमाडौं । असार १४, उपत्यकाकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी चलेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो नलागेको बताईएको छ ।
सोमबार बिहान ९ बजे पुनः बैठक बसी यो विषयमा टुंगो लगाइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनाए।


