पत्रकारलाई काठमाडौं जेसीजद्धारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । असार १४, फ्रन्टलाइनमा खटिएका पत्रकारहरूका लागि काठमाडौं जेसीजले अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
मिडिया हेल्प फाउन्डेसनमार्फत उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गराएको हो ।
काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, जीएलसी अनुप सुनुवार, महासचिव निरोज खतिवडा र उपाध्यक्ष प्रचण्ड भूर्तेलले फाउन्डेसनका संयोजक नकुल अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।