जीवन विकास लघुवित्तको आईपीओमा भर्ने मंगलवार अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । असार १४, असार ११ गते शुक्रवारदेखि सार्वजनिक गरीएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ ।

पहिलो दिनमै विकेको कम्पनीको आईपीओ खरिदका लागि आइतवार साझ ५ बजेसम्म १५ लाख १२ हजार ३९४ जनाले २ करोड ३० लाख ५४ हजार ३६० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री खुला गरेको छ भने सर्वसाधारणका लागि छुट्याईएको रू १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।

कम्पनीको जारी पूँजी रू ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । यो शेयरको मूल्य प्रतिशेयर रू १०० तोकिएको छ ।

 

प्रकाशित : 28 June, 2021

प्रतिक्रिया दिनुहोस्