कति छ त आजको सुनको मूल्य ?

सहयात्रा टिभी

काठमाडौं । असार १४, नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुइ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३०५ कायम गरिएको छ ।

 

प्रकाशित : 28 June, 2021

प्रतिक्रिया दिनुहोस्