डिआइजी थापालाई एआइजी पदमा बढुवाका लागि सिफारिस

काठमाडौं । असार १५, गृह मन्त्रालयमा सोमबार बसेको वढुवा समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअुसार थापालाई बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस गरिएका थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्सालमा कार्यरत हुनुहुन्छ ।