आजबाट सार्वजनिक यातायात सञ्चालन

सहयात्रा टिभी

काठमाडौं । असार १५, आजदेखि काठमाडौं उपत्यकामा जोर बिजोर नम्बरका आधारमा सार्वजनिक यातायात सञ्चालन भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बैठकले आज मंगलबारदेखि २५ सिट भन्दा ठूला सार्वजनिक गाडीलाई जोर बिजोर नम्बरका आधारमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

आजबाट काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन हुनेछन् ।

 

 

प्रकाशित : 29 June, 2021

प्रतिक्रिया दिनुहोस्