विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकमा नेपाल तेस्रो

सहयात्रा टिभी

काठमाडौं । असार १५, संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने दशको सूचीमा नेपाल तेस्रो स्थानमा रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जनाए ।

त्यस्तै विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित रहेका छन् ।

विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटेको छ, त्यसबाट हामी चौथोबाट तेस्रोमा उक्लिएका हौँ । नेपालसँग सयुंक्त राष्ट्रसङ्घले केही समयअघि थप ४५० शान्ति सैनिकको माग पनि गरेको छ ।”

विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पु¥याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ ।

एजेन्सीको सहायतामा

प्रकाशित : 29 June, 2021

प्रतिक्रिया दिनुहोस्