त्रिविका सहप्राध्यापक भण्डारीको कार दुर्घटनामा निधन

रूपन्देही । असार १६, रूपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा दुर्घटनामा परी त्रिभुवन विश्वविद्यालयका ५२ वर्षीय सहप्राध्यापक डा. शंकर भण्डारीको निधन भएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिका–१ निवासी भण्डारीको कार सडकबाट खोलामा खसेपछि मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जनाए ।
घटनास्थलबाट तत्काल उद्धार गरी बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पुर्याइए पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।
उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् ।