पूर्व कुलपति वैरागी काइँलाको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । असार १७, एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा उपचाररत नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
नेपाली साहित्यमा आयामेली आन्दोलनका एक हस्ती, वरिष्ठ कवि एवं मुन्धुम दर्शनका आधिकारिक व्याख्याता काईँलाको स्वास्थ्योवस्था बुझ्न आज प्रतिष्ठानका प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य एवं साहित्य (पद्य/काव्य) विभाग प्रा.डा.हेमनाथ पौडेललगायत अस्पताल पुग्नुभएको थियो ।
शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको सदस्यसचिव उपाध्यायले बताए ।