२२ देशको झण्डाको रंगमा एप्पलले आफ्नो इन्टरनेश्नल एप्पल वाच ब्याण्ड सार्वजनिकः ‘स्पोर्ट लुप ब्याण्ड’
सहयात्रा टिभी
काठमाडौं । असार १७, ओलम्पिकका खेलाडी र यसका फ्यानहरुलाई लक्षित गर्दै एप्पलले विभिन्न देशका झण्डा अंकित एप्पल वाच ब्याण्ड सार्वजनिक गरेको छ।

२२ देशको झण्डाको रंगमा एप्पलले आफ्नो इन्टरनेश्नल एप्पल वाच ब्याण्ड संकलनमा सीमित ‘स्पोर्ट लुप ब्याण्ड’ सार्वजनिक गरेको हो।
प्रयोगकर्ताले उक्त ब्याण्डसँग मिल्दो आफ्नो देशको झण्डाको रंगको वाच फेस पनि डाउनलोड गरेर आफ्नो एप्पल वाच पर्सनलाइज गर्न सक्छन्।
यो ब्याण्ड अस्ट्रेलिया, बेल्जियम, ब्राजिल, क्यानडा, चीन, डेनमार्क, फ्रान्स, जर्मनी, बेलायत, ग्रिस, इटली, जमैका, जापान, मेक्सिको, नेदरल्याण्ड, न्युजिल्यान्ड, रसिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्पेन, स्वीडेन र अमेरिकाका झण्डाका रंगहरुमा उपलब्ध रहेका छन्।


