केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवनमा कोरोना संक्रमितको संख्या १२३०

सहयात्रा टिभी

भरतपुर । असार १७, चितवनमा पछिल्लो केहि दिन यता कोरोना संक्रमणमुक्त हुनेको संख्या घट्दै गएको छ ।

संक्रमणमुक्त हुनेभन्दा थपिने संक्रमित धेरै छन्, जसका कारण सक्रिय संक्रमितको संख्या कम हुन सकिरहेको छैन ।

पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित थपिँदा ५२ जना संक्रमणमुक्त भए । एक जनाको मृत्यु भएको छ । ५९३ जनाको कोरोना परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा बिहिबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार २३० रहेको छ ।

प्रकाशित : 1 July, 2021

प्रतिक्रिया दिनुहोस्