१४ लाखमा सम्पन्नः ‘सेल्फी टावर’

सहयात्रा टिभी

गुल्मी । असार १८, गुल्मीको तम्घास नजिकै रहेको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रलाई आकर्षक गन्तव्य बनाउन भन्दै १४ लाखमा सेल्फी टावर निर्माण गरिएको छ ।

रेसुङ्गा नगरपालिका–७ मा अवस्थीत अर्जुन डाँडोलाई पर्यटकीय क्षेत्र बनाउन र त्यहाँ पुग्ने आन्तरिक तथा बाहृय पर्यटकहरुलाई तम्घास बजारसहितको मनमोहक दृश्य ‘सेल्फी’ लिने गरी टावर निर्माण गरिएको बताईएको छ ।टावरका निर्माणकालागि लुम्बिनी प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजार खर्च गरिएको छ ।

टावर निर्माण भएसँगै तम्घास बजारसहितको मनमोहक दृश्य अवलोक गर्न सकिने भएको छ । वडाअध्यक्ष पाण्डेका अनुसार टावरबाट एकै पटक २० जनासम्मले अवलोकन गर्न सकिन्छ ।

करीब २ हजार मिटर उचाइमा रहेको अर्जुन डाँडा धार्मिक, ऐतिहासिक, पुरातात्विक र जैविक विविधताले महत्वपूर्ण मानिन्छ ।

 

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्