हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

वीरगञ्ज । असार १८, बारामा जंगली हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेलको मृत्यु भएको छ ।
खेतमा आफ्नै सुरमा काम गरिरहेका उनलाई बिहान करीब पौने आठ बजे तिर जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमै पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।