सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम मौका

सहयात्रा टिभी

काठमाडौं । असार २०, असार ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने असार २० गते आइतवार अन्तिम मौका रहेको छ ।

बैंकले प्रतिकित्ता रू १ हजार अंकित दरको रू ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्रीमा ल्याएको बताईएको छ ।

त्यस्तै कुल कित्ता ऋणपत्रमध्य सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो ।

ऋणपत्र विक्रीको छिटो अवधि असार ९ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि बैंकले ढिलो अवधिसम्मको मिति तोकेको हो ।

१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । एजेन्सी

 

प्रकाशित : 4 July, 2021

प्रतिक्रिया दिनुहोस्