शेयर बजार सामान्य अंकले ओरालो

सहयात्रा टिभी

काठमाडौं । असार २०, साताको सुरुको दिन आइतबार शेयर बजार सामान्य अंकले ओरालो लागेको छ ।

कारोबार पनि ५ अर्ब हाराहारीमै सिमित भयो भने उतार चढावबीच बजार परिसूचक नेप्से साढें ८ अंक बराबरले ओरालो लागेर २८ सय ३४ कायम भएर थामियो ।

कारोबार सुरु भएको केही समय उकालो लागेर २८ सय ५७ अंक छोएर ओरालो लागेको हो ।

होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समूह बाहेक अरु सबै समूह ओरालो लागेको हो भने निर्जीबन बीमा समूह सबैभन्दा उच्च १ सय १९ अंकले ओरालो लाग्यो ।

विकास बैंक, जीवन बीमा, वित्त, लघुवित्त, उत्पादमूलक र व्यापार समूह दोहोेरो अंकले घट्दा अरु सामान्य अंकले रातो रहेका हुन् ।

नेपाल स्टक एक्सचेज्नमा २ सय २४ कम्पनीको १ करोड ८ लाख कित्ता शेयर जम्मा ५ अर्ब ५ करोडमा किनबेच भएको छ । यस दिन होटल तथा पर्यटनमा ८६ अंक अनि अन्य समुहमा पनि दोहोरो अंकको सुधार आयो ।

प्रकाशित : 4 July, 2021

प्रतिक्रिया दिनुहोस्