कोरोना अपडेटः थप २६२२ जनामा कोरोना संक्रमण, २२११ जना निको भए

काठमाडौं । असार २१, नेपालमा २६२२ जना नयाँ संक्रमित थपिएका छन् ।
विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १७४५ जना र एन्टिजन परिक्षण गर्दा ८७७ जना गरि जम्मा २६२२ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २२११ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २३ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९२४८ पुगेको छ ।
त्यसैगरी नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ रहेको छ । संक्रमित मध्ये ६ लाख एक हजार ४२९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या दुई लाख ५६ हजार ९० रहेको छ ।