जिप दुर्घटनाहुँदा एकको मृत्यु, ४ जना घाइते

कालिकोट । असार २२, आज बिहानै कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
रास्कोट नगरपालिका वडा नम्बर ६ सन्नीघाटमा जिप दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको हो।
रास्कोटबाट क १ ज २३ नम्बरको उक्त जिप जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको थियो।
प्रहरीका अनुसार ओरालो सडकमा अनियन्त्रित भई दुर्घटनाहुँदा चार जना घाइते छन्। जिपमा चालकसहित १२ जना सवार थिए।