यी हुन् कोरोनाबाट बढि संक्रमित तथा मृत्यु हुने देशहरु (सूचिसहित)

काठमाडौं । असार २३, जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४६ लाख १६ हजार ९७८ जना रहेका छन ।
विश्वभर तीन अर्ब २५ करोड ८९ लाख २ हजार ९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । उक्त विश्वविद्यालयले जुलाई ७ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कुल मृत्यु
- संयुक्त राज्य अमेरिका तीन करोड ३७ लाख ४७ हजार १९८ छ लाख ५ हजार ९०५
- भारत तीन करोड ६ लाख ६३ हजार ६६५ चार लाख ४ हजार २११
- ब्राजिल एक करोड ८८ लाख ५५ हजार १५ पाँच लाख २६ हजार ८९२
- फ्रान्स ५८ लाख ५२ हजार ५९९ एक लाख ११ हजार ४२०
- रुस ५५ लाख ९१ हजार ३० एक लाख ३७ हजार ५
- टर्की ५४ लाख ५४ हजार ७६३ ४९ हजार ९९६
- बेलायत ४९ लाख ७५ हजार ९०३ एक लाख २८ हजार ५३२
- अर्जेन्टिना ४५ लाख ७४ हजार ३४० ९६ हजार ९८३
- कोलोम्बिया ४४ लाख २ हजार ५८२ एक लाख १० हजार १९
- इटाली ४२ लाख ६४ हजार ७०४ एक लाख २७ हजार ७०४
- स्पेन ३८ लाख ८० हजार ६१२ ८० हजार ९५२
- जर्मनी ३७ लाख ३९ हजार ५७५ ९१ हजार ११८
- इरान ३२ लाख ८६ हजार ९२३ ८५ हजार ९५
- पोल्याण्ड २८ लाख ८० हजार ४०३ ७५ हजार ९५
- मेक्सिको २५ लाख ४९ हजार ८६२ दुई लाख ३३ हजार ९५८
- इन्डोनेसिया २३ लाख ४५ हजार १८ ६१ हजार ८६८
- युक्रेन २३ लाख ६ हजार ६१६ ५४ हजार ८४८
- दक्षिण अफ्रिका २० लाख ९० हजार ९०९ ६२ हजार ६२८
- पेरु २० लाख ६९ हजार ५१ एक लाख ९३ हजार ५८८
- नेड्रल्याण्ड १७ लाख २० हजार ६१० १८ हजार ४१