अनलाइनबाटै हिमालय एयरलाइन्सको टिकट बुकिङ

सहयात्रा टिभी

काठमाडौं । असार २३, हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् ।

प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने कम्पनीले बताएको छ ।

 

प्रकाशित : 7 July, 2021

प्रतिक्रिया दिनुहोस्