सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । असार २४, नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यता, चाँदी प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ ।

प्रकाशित : 8 July, 2021

प्रतिक्रिया दिनुहोस्