चीनबाट आठ लाख डोज खोप नेपाल आइपुग्यो

सहयात्रा टिभी

काठमाडौँ । असार २५, सरकारले खरिद गरेको ८ लाख डोज कोरोना खोप चीनबाट नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चिनियाँ खोप ‘भेरोसेल’ को ८ लाख डोज आज बिहान काठमाडौँ ल्याएको हो ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप ल्याइएको हो ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताए ।

पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खोप ६० वर्ष मुनी उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने सरकारको तयारी छ ।

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्