यस्तो छ आजको सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । असार २७, नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय १५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 11 July, 2021

प्रतिक्रिया दिनुहोस्