कोरोना अपडेटः थप १ हजार ८३१ जनामा कोरोना संक्रमण

काठमाडौं । असार २७, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३५ जनाको पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकामा पिसिआरबाट १ हजार २ सय ३७ र एन्टीजेनबाट ५ सय ९४ जना पोजेटीभ देखिएको हो।
त्यस्तै काठमाडौं उपत्यकाभित्र थप ३ सय ९१ जना संक्रमण देखिएकामा काठमाडौंमा २ सय ६३ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ९७ जनामा संक्रमण पुष्टी भएको छ ।