मौसम जानकारीः अधिकांश ठाउँमा पानी पर्ने

सहयात्रा टिभी

काठमाडौं । असार ३१, आज पनि देशभर मौसममा बदली भएकाले अधिकांश ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ भने हाल प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

आज राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । शनिबारदेखि देशभर मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना छ ।

नदीनाला तथा खहरे खोलामा बाढीको खतरा रहेकाले दैनिक जनजीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित : 15 July, 2021

प्रतिक्रिया दिनुहोस्