उपत्यकामा पुनः निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं । असार ३१, काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी गरिएको छ।
आज दिउँसो १ बजे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि अब १५ दिन निषेधाज्ञा थप्ने र लामो दूरीका यातायात पनि खुला गर्ने सरसल्लाह भइरहेको जानकारी दिए।