साउन महिनाको पहिलो दिन, कति छ त सुनचादीँको भाउ?

सहयात्रा टिभी

काठमाडौं । साउन १, आज नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य आज १ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

प्रकाशित : 16 July, 2021

प्रतिक्रिया दिनुहोस्