आजबाट यी कर्मचारीको तलबमा वृद्धि
सहयात्रा टिभी
काठमाडौं । साउन १, नयाँ आर्थिक वर्ष सुरु भएसँगै निजामती कर्मचारीहरुको तलब बढेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदै कर्मचारीको तलब बढाउने घोषणा गरेको थियो।
त्यस्तै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब दुईहजारले बढाएको बताएका थिए।


