साइकलले चल्ला किचेपछी चल्ला र पैसा बोकेर अस्पताल पुगेका बालक सम्मानित

काठमाडौं । साउन ३, सामाजिक सञ्जालमा चल्लालाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका बालक निकै भाइरल भई सम्मानित भएका तस्बीरहरु देख्न सकिन्छ।
बालकले चल्ला बोकेर अस्पताल पुगेको विषयले धेरैलाई भावुक बनाएको थियो। उनले गरेको कामको प्रशंसासहित उनको फोटो भाइरल भएपछि उनी पढ्ने विद्यालयले उनलाई सम्मान गरेको छ ।
भारत मिजोरम राज्यका ती बालकले आफ्नो साइकलले दुर्घटनाबस छिमेकीको कुखुराको एउटा चल्ला किचेपछी उनी दुःखि हुदै चल्ला र पैसा बोकेर अस्पताल पुगेका थिए । उनको पेजबाट मात्रै ति बालकको तस्वीर ८७ हजार पटक भन्दा बढि शेयर भएको थियो ।