तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

सुर्खेत । साउन ५, सुर्खेतका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालयले तीन दिनमा करीब सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।
त्यस्तै प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताए।
सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण हुने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आवको प्रारम्भदेखि अभियान थालिएको उनको भनाइ रहेको छ।