सप्तकोशीमा २९ ढोका खुल्ला, पानीको बहाव उच्च

सुनसरी । साउन ५, पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
सप्तकोशीमा मंगलबार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जनाए ।
पानीको बहाव उच्च भएको कारण ब्यारेजको ५६ ढोका मध्य २९ वटा ढोका खोलिएका छन् ।
कोशीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको शसस्त्र प्रहरीको उद्धार टोली कोशी आसपासका क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले बताउनुभयो ।