वायुसेवा निगमको जहाज खोप लिन चीनतर्फ जाँदै

काठमाडौं । साउन ६, चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन बुधवार वायु सेवा निगमको जहाज चीन जाने तयारी रहेको छ।
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार दोस्रो चरणमा पनि ८ लाख डोज नै खोप लिइने छ। जहाजको क्षमता र नेपालमा खोप कार्यक्रम सञ्चालन गर्ने क्षमता अनुसार पुन ८ लाख खोप लिन लागेको आपूर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुंगानाले बताए।
त्यस्तै यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने छ। चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।