काठमाडौंमा यातायात व्यवसायीको विरोध र्यालीः ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । साउन ७, भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकालेको र्यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
त्यस्तै व्यवसायीले चक्रपथमा सवारी र्याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।
साथै उनीहरुले कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउनउनुपर्ने, कोरोना समयमा नवीकरण या जरिवाना छुटको समेत माग राखेका छन् ।