सडकमा पानीको तालः बनेपा–पनौती सडकमा यात्रुलाई दैनिक सास्ती

सहयात्रा टिभी

काभ्रे । साउन ७, समयमै मर्मत नहुँदा बनेपा–पनौती सडकमा यात्रुले दैनिक सास्ती खेप्ने गरेका छन् ।

६ किलोमिटर दुरीको सडक पार गर्न अहिले १ घण्टा बढी लाग्छ । बाटो निर्माणका लागि करिब १० करोड विनियोजन भएको भएपनि व्यवसायीले विभिन्न बहाना बनाइ समयमा नै काम नगर्दा बिजोग भएको हो । सडकमा अहिले पानीको ताल र साना सवारी साधन गाडिने खाल्डा बनेको छ ।

निर्माण व्यवसायीले वास्ता नगरेको र स्थानीयले सास्ती खेप्नु परेको भन्दै नगरपालिकाले १ सय टिपर गाभ्रेल हालेको बताएपनि स्थानीयहरुले माटो धेरै भएको कारण झन् हिलो भएको बताउँछन् ।

 

प्रकाशित : 22 July, 2021

प्रतिक्रिया दिनुहोस्