स्वास्थ्य मन्त्रालय र विज्ञहरूका अनुसार जोन्सनको खोप लगाउन डराउनु नपर्ने
सहयात्रा टिभी
काठमाडौं । साउन ८, अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप हालसम्म बागमती र गण्डकी प्रदेशमा मात्र वितरण गरिएको छ ।
साउन ४ गतेदेखि लगाउन सुरु गरिएको जोन्सनको खोप हालसम्म ८१ हजार ३ सय ५२ जनालाई लगाइएको छ ।
कतै ढुवानीको त कतै रेफ्रिजेरेटरको समस्याका कारण खोप अभियान सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पालिकाहरूले नै सञ्चालन गर्न नसक्ने भनेपछि अभियान सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा विभाग अन्र्तगतको परिवार कल्याणा शाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए ।
अमेरिकाको औषधि सम्बन्धी नियामक निकायले जोन्सनको खोपले स्नायू सम्बन्धी दुर्लभ समस्या ल्याएको जनाएपछि खोप लगाउन सर्वसाधारण हच्किएका हुन् । स्वास्थ्य मन्त्रालय र विज्ञहरू भने जोन्सनको खोप लगाउन डराउनु नपर्ने बताउँछन् ।