ईसेवाबाट फुडमाण्डुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट

काठमाडौं । साउन १०, अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डु र नेपालको अग्रणी मोबाइल वालेट ईसेवाबीच सहकार्य भएको छ ।
आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीबीचको यस समझदारीसँगै फुडमाण्डुका प्रयोगकर्ताले मोबाइल वालेट ईसेवामार्फत अर्डरमा भुक्तानी गर्नसक्ने भएका छन् ।
एक कार्यक्रमका बीच फुडमाण्डु र ईसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो ।
सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकलाई सजिलो हुने अपेक्षा गरिएको छ । ईसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रसाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीलाई घरबाटै भुक्तानी गर्न सहज हुने छ।
ईसेवा र फुडमाण्डुको सहकार्यको अवसरमा फुडमाण्डुले ईसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई पहिलो अर्डरमा २० प्रतिशत वा रु ३०० सम्मको छुट दिने घोषणा समेत गरेको छ ।