काठमाडौँको फोहोर व्यवस्थापन गर्न सकिन्छ !
सहयात्रा टिभी

सधैं जहिल्यै समस्याको रुपमा देखिएको फोहोरमैला व्यवस्थापन प्रक्रियालाई सुधार्ने हो भने सबैभन्दा पहिला माथिल्लो निकायमा पदासिनको इच्छाशक्ति हुनुपर्छ । माथिल्लो निकाय यानि जननिर्वाचित पदाधिकारीहरु, स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृतलगायत लेखा तथा प्रविधिक कर्मचारीहरु पर्दछन् ।
त्यससँगै केन्द्रीय सरकारअन्तर्गतका मन्त्रालयका उच्च तहका सचिव, सहसचिव, उपसचिवहरु पर्छन् । यदि तिनीहरू सबैले थोरै समयमात्र दिएर छलफल र विचार बिमर्शमात्र गरे पनि शहरलाई सुन्दर, सफा र व्यवस्थित बनाउन सम्भव छ । अहिले जस्तो धेरै रोइकराई गर्नै पर्दैन। यसको मतलब तपाईलाई लाग्न सक्छ के उहाँहरु साँच्चीकै संवेदनशील हुनुहुन्छ त फोहर व्यवस्थापन गर्न ?
दुई दशक लामो मेरो अनुभवमा यहाँ केही दिन फोहर फाल्ने ठाउँ सिसडोलमा फाल्न पाएन भने काठमाडौँ शहर दुर्गन्धित हुन्छ र अनि मात्र फोहर व्यवथापन गर्नुपर्ने भन्दै जागिन्छ । अरुबेला मतलब दिइन्न । कसैको सोँचको विष नै हुँदैन । यहाँ त हामी स्थानीय सम्बन्धित विभागीय प्रमुखलाई कुरा राख्छौ, विभागीय प्रमुखले कुरा बुझी आवश्यकता महसुस गरी टिप्पणी उठाई माथिल्लो निकायमा पठाउँदा पठाउँदै ती कागजजात गायब भइदिन्छ । कता थन्किन्छ ठेगान हुन्न । त्यसपछि न त्यसको जानकारी दिइन्छ न त जानकारी दिनुपर्ने कुनै आभास नै हुन्छ । वास्तवमा भन्ने हो भने स्थानीय स्तरमा उत्पादन हुने फोहोर व्यवस्थापनको प्रमुख जिम्मेवारी स्थानीय निकाय नै हो ।
नेपालमा स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेबमोजिम नगरपालिका बन्नकै लागि पनि कमसेकम स्थानीय तहले फोहर व्यवथापन र त्यसका लागि आवश्यक पूर्वाधार तय गरेको हुनुपर्ने उल्लेख गरेको छ । तर अधिकांश नगरपालिका, उपमाहानगरपलिका र महानगरपालिकामा त्यसको व्यवस्था भएको देखिदैन । न त फोहर व्यवथापन उचित तवरले भएको छ न व्यवस्थापनका लागि चाहिने पूर्वाधार नै ? थोरै स्थानीय तहले केही चरणमा सुरु गरेको थिए । तर त्यो पर्याप्त भने भउको छैन ।
हामी सबैलाई लाग्छ, यदि शहर सफा भयो भने, राम्रो स्वच्छ देखिन्छ, त्यसपछि अन्य विकासको काम पनि प्रस्ट रुपमा देखिन्छ । विडम्बना देशमा जति पनि फोहरमैला व्यवस्थापन गर्ने भनेर काम गरिन्छ । अधिकांश काम अपुरो भइदिन्छ, क्षणिका समयका लागि गरिन्छ । वा भनौं टालटुलेमात्र गरिन्छ । त्यो पनि केही समयमा अवशेष पनि रहन्न । यो कुनै पैसा बजेट अभावमा भन्दा पनि बृहत्तर योजनामै ठूलो कमी हो । बनाइएको योजना कि त अपुरो हुन्छ कि त थोर बहुत समयका लागि केन्द्रित भई झारा टार्ने उद्देश्यले तयार परिन्छ ।
कुनै नगरपालिकाले शुरुवात गर्दा यो गर्ने र त्यो गर्ने भन्छन् । कामको बीचमा पुगेपछि रोकिन्छ । किनकि त्यसपछि के गर्ने भन्ने बुझेकै हुँदैन वा बुझेको अवस्थामा पनि व्यवस्थापन गर्ने क्षमता अभावले बाधा अल्झन, कठिनाई उत्पन्न भइहाल्छ । यसले गर्दा समयमा आवश्यक समन्वय र तालमेल अभाव टड्कारो रुपमा देखिन्छ र काम त्यहीँ तुहिन्छ ।
फोहर व्यस्थापनलाई कसरी बुझ्ने ?
फोहरबाट मोहर बन्ने भन्दै गर्दा, शहरमा खाली फोहर उठाएर मोहोर कमाउने संस्था तथा कम्पनीहरु धेरै मात्रामा बढेको देखिन्छ । उनीहरु न प्रविधियुक्त व्यवस्थापन गर्ने योजनामा छन् न सम्बन्धित निकायले नै नियमन गरिएको हुन्छ । कम्पनी एेनअन्तर्गत रहेर नाफामूलक कम्पनी वा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी सामाजिक संस्थाको रुपमा सामेल भई फोहर व्यवस्थापन गर्ने भन्दै फोहर संकलन गर्छन् ।
फोहर व्यवस्थापन भनेको घरघरबाट उठाउने र डम्पिङ साइट पुर्याएर फाल्ने काम हो भनी बुझ्ने गरिएको छ । यो पटक्कै होइन । त्यसैले न त उसलाई शहर सफा, स्वच्छ र वातावरणमैत्री क्रियाकलापसँग मतलब छ न फोहरको पुनः प्रशोधनबारे जानकारी लिइन्छ ।
हाम्रा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि आफ्नो वडा र शहर सफा भएको हेर्न मनमात्र छ, फोहर उठाएर लागिसकेपछि कता के गर्दैछ भन्नेमा थोरैले मात्र चासो राखेको देखिन्छ । जबकी फोहर व्यवस्थापनमा यसको उत्पादनदेखि अन्तिम बिसर्जनसम्मको काम अति महत्वपूर्ण छ ।
विश्वको जुनसुकै कुनामा गए पनि फोहर व्यवस्थापनको कुरा गर्दा सबैभन्दा पहिलो धेय फोहर उत्पादन नै नगर्ने हो । उत्पादन भए पनि कममात्र उत्पादन गर्ने वा गर्न लगाउने हो । यससम्बन्धी जानकारी जनमानसमा फैलाउनु पर्ने काम निकै महत्त्वपूर्ण छ । कम उत्पादन हुँदा पनि वर्गीकरण गरी संकलन गर्ने हो ।
शहरिया बासिन्दा आफू बस्ने स्थान सानो ठाउँमा भएकाले अधिकांशले छुट्याउने काम सम्भव छैन भनेर सबै फोहर मिसाएर राख्ने गरेको पाइन्छ तर इच्छा भए, घरमै कुहिने र नकुहिने गरी अलग भाडोमा राखेर नकुहिने बस्तुहरु बोरा वा त्यही प्लाष्टिकमा प्याक गरी राख्न सकिन्छ । यसरी जम्मा गरेको नकुहिने बस्तुहरु राख्दा यदि वर्ष दिनसम्म पनि फोहर संकलन गर्न नआए कुनै चिन्ता लिनुपर्दैन । केही कवाडीलाई बेच्न सकिन्छ र केही पुनः प्रयोग गर्न पनि सकिन्छ ।
कुहिने वस्तुहरुको लागि घरमै राम्रोसँग गन्धराहित स्वस्थ तरिकाले कम्पोस्ट मल बनाउने बिभिन्न प्रविधिहरु छन् । उचित खालको प्वाल प्वाल परेको हावा आवतजावत गर्ने कम्पोस्ट बिन प्रयोग गरेर, गड्यौला पालेर, वा बायो ग्यास उत्पादन गर्ने प्रविधि छ जसले अझ घरमा उत्पादन हुने ग्यास पनि कम गराउँछ ।
यसरी घरमै मल उत्पादन हुँदा घरको गमला, कौसी खेती गर्न सहज भई मनग्य फाइदा लिन सकिन्छ । र, नकुहिने वस्तुहरुमा बिक्री गर्न मिल्ने कवाडीको रुपमा बिक्रीवितरण गर्न सकिन्छ र बाँकी फोहरमात्र फोहर संकलकलाई दिने । यदि सबै उपत्यकावासीले यसो गरेमा आज हामी फोहर व्यवस्थापनमा सक्षम भै अन्य विकासका लक्षहरु पहिल्याउने थियौं।
फोहर व्यवस्थापन प्रविधि कस्तो अपनाउने ?
हाम्रोजस्तो मुलुकमा कम खर्चको लागतमा तयार हुने वातावरणमैत्री प्रबिधि अपनाई फोहर व्यवस्थापन गर्नु नै उत्तम उपाय हो । यो भनेको फोहरलाई श्रोतमै छुट्याई संकलन गर्ने हो । फोहर उत्पादन नै कम गर्ने उपाएको अवलम्बन गर्नेलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। उत्पादित फोहरलाई कुहिने (भिजेको फोहर) र नकुहिने ( सुख्खा फोहर) संकलन गर्ने र त्यसको छुट्टै ढुवानी गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । सकभर घरमै व्यवस्थापन गर्न प्रोत्साहन गर्न दिनुपर्छ ।
घरबाट निस्किने फोहोरमा सबैभन्दा बढी (जम्मा उत्पादनको लगभग ६० प्रतिशतजति) कुहिने वस्तु नै आउँछ र त्यसलाई माथि भनेको जस्तै आफैं व्यवस्थापन गर्न सकिने प्रविधि छ । नकुहिने �
