काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिए
सहयात्रा टिभी
काठमाडौं । साउन ११, मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा काठमाडौं मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित भएका छन्।

कर्मचारीहरुले श्रेष्ठलाई कलेजभित्र छिर्न दिनुपर्ने माग गर्दै सोमवार बिहान मेडिकल कलेजअगाडि प्रदर्शन गरेका छन्।
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारीहरु आन्दोलित भएका हुन्।


