हरेक बिहान भगवानलाई डोकोमा बोकि मन्दिर प्रवेश र साँझ पुनः बोकेरै घर लग्ने चलन कि परम्परा? यस्तो रहेछ वास्तविक कथा

काठमाडौं । साउन ११, यौटा यस्तो मन्दीर जहाँ हरेक दिन भगवानको मुर्ति डोकोमा बोकेर मन्दीर लगिन्छ र पुजा सकेर पुनः डोकोमै बोकेर घर लगिन्छ ।
खासमा मन्दीरका मूर्तीहरु चोरी हुन थालेपछि रम्भादेवी मन्दीरमा मूर्तीलाई लुकाएर मूर्ती संरक्षण गरिँदै आएको रहेछ।
त्यस्तै रम्भा गाउँपालिका–५, ताहुँ पाल्पामा रहेको रम्भादेवी मन्दिरमा विगत ४० बर्षदेखी यस्तै हुँदै आएको छ। २०३२ सालमा सुनको जलप लगाएको रम्भादेविको मूर्ती मन्दिरबाटै चोरी भएपछि सुरक्षाको लागी पुजारीहरुले डोकोमा बोकेर मूर्ति ल्याउने लैजाने गर्दै आएका हुन्।
पुजारीले दिनहुँ घरमा लैजाने गरेको मूर्ती पीतलको र शिला भने स्वयं उत्पत्ति भएको मानिने भएकोले सुरक्षाको लागी घरमा लैजाने र घरबाटै ल्याउने गरेको पुजारीहरु बताउँछन्।
भगवान् सिताराम १२ बर्षे वनबासको क्रममा यहाँको जंगलमा आइपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सिता छट्पटाएपछि रामले वाण जमिनमा हानेपछि पानी निकालेर खुवाएको कींवदन्ति रहेको छ।
रम्भापानी मन्दिरको ठिक माथि पानीको मूल निस्किएको छ र सोही पानी मन्दीरको काममा प्रयोग गरिँदै आएको स्थानीय कालिदास श्रेष्ठ बताउँछन्।
मन्दिरमा त्रिशूल, नाग र गाईका मूर्ति, एउटा मन्दिर र एउटा प्रतिक्षालय छ। बाह्रै महिना शीतल हुने यस रम्भादेवी मन्दिर क्षेत्रमा पर्यटकीय क्षेत्रका रुपमा विकास गरी प्रशस्त आम्दानी लिन सकिने स्थानीयवासी बताउँछन्।