चोरी वा हराएको फोनको डाटा यसरी अनलाईनबाट मेटाउन सकिन्छ, एक पटक यो जानकारी पढ्नुहोस्

काठमाडौं । साउन १४, फोन चोरी हुँदा होस वा फोन हराउँदा फोनमा भएका व्यक्तिगत तथा परिवारका फोटोहरू भाइरल हुने डर हुन्छ।
अनलाइन डाटा यसरी मेट्नुहोस्:
तपाईँको फोन चोरी भएको वा हराएको छ भने तपाईले आफ्नो स्मार्टफोनको डाटा अनलाइनबाट मेट्न सक्नुहुनेछ।
यस्ता छन् प्रक्रियाः
- सबै भन्दा पहिले, एक कम्प्युटर वा अन्य कुनै फोनमा एक इन्टरनेट ब्राउजर खोल्नुहोस्।
- यहाँ तपाईंले https://wwwogoogle.com/android/find टाइप गर्नुपर्नेछ।
- अब तपाईले आफ्नो त्यहि जीमेल आईडी लगइन गर्नुपर्छ जुन स्मार्टफोनमा पनि छ।
- तपाईंले प्ले साउण्ड, सेक्योर डिभाइस र इरेज डिभाइसको तीन विकल्पहरू देख्नुहुनेछ।
- यसबाट फोनको डाटा मेट्न, तपाईंले इरेज डिभाइसमा क्लिक गर्नुपर्नेछ।
- एक पटक तपाईंले फेरि क्लिक गरेपछि तपाईंले जीमेल पासवर्ड प्रविष्ट गर्नुपर्नेछ।
- अब यदि तपाईंको फोनमा इन्टरनेट कनेक्सन छ भने तपाईं आफ्नो सबै डाटा मेटाउन सक्नुहुन्छ।