झापामा आज राति १२ बजे देखि कडा निषेधाज्ञा

सहयात्रा टिभी

झापा । साउन १५, झापामा आज राति १२ बजे देखि कडा निषेधाज्ञा गर्ने भएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै आज राति १२ बजेदेखि साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

त्यस्तै अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी र सार्वजनिक कार्यालय बाहेक अन्य कार्यालयहरू समेत सञ्चालन नगर्न निर्देशन दिइएको छ।

बैंक तथा वित्तीय संस्थामा माथिल्लो निकायबाट स्वकृति लिएर न्यून कर्मचारी राखेर हप्तामा तीन दिन आलोपालो प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै खाद्यान्न, हरियो तरकारी, माछा मासु लगायत अत्यावश्यक सामाग्रीका पसलहरू भने बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाउने छन्। अत्यावश्यक सवारी साधन बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधनलाई पूर्ण रोक लगाइएको बताईएको छ।

प्रकाशित : 30 July, 2021

प्रतिक्रिया दिनुहोस्