साउन २२ गतेदेखि काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा लगाईने

काठमाडौं । साउन २०, काठमाडौंमा साउन २२ गतेदेखि २४ गतेसम्म कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।
खोपको पहिलोमात्रा लगाएर २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंले बताएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा बसेको उक्त बैठकले काठमाडौं महानगरका ३२ वटै वडाहरुमा र अन्य १० वटा पालिकाको स्कुल वा फराकिलो स्थानमा खोप केन्द्र राख्ने निर्णय गरेको छ ।