कोरोना अपडेटः थप १,२७९ जना कोरोना संक्रमित, ३५ जनाको मृत्‍यु

सहयात्रा टिभी

काठमाडौं । साउन २०, काठमाडौं उपत्यकामा बुधबार १२७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ गरी १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको छ ।

यस्तै १,५३५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्तको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।

यस्तै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ जना पुगेको छ ।

प्रकाशित : 4 August, 2021

प्रतिक्रिया दिनुहोस्