त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४७४ ग्राम सुनसहित दुई जना पक्राउ

काठमाडौं । साउन २१, ४७४ ग्राम सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान प्रहरीले सिरहा धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का ४१ वर्षीय अम्बर चाम्लिङलाई सुनसहित पक्राउ गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार बिहान करिब सवा ८ बजे विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा उनीहरुलाई शंकास्पद रूपमा देखेपछि चेकजाँच गर्दा सुनसहित पक्राउ गरिएको हो ।