दाङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

दाङ । साउन २४, कोरोना विशेष अस्पताल बेलझुण्डीमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ ।

कोरोना संक्रमण पछि अस्पतालमा भर्ना भएकी घोराही उपमहानगरपालिका वडा नम्वर १७ बस्ने ७९ बर्षीया एक महिलाको आज (आइतवार) बिहान सवा आठ बजे निधन भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए ।